तामाङ सेलोमा छल्केको मदन-कृष्टिना प्रेम (भिडियो)
बहुल समुदाय रहेको देश नेपालमा हरेक जातिय तथा भाषिक समुदायको आफ्नै आफ्नै रितीथिती छ, रहनसहन छ । हरेकजसो विधामा भिन्न भिन्न समुदायको प्रतिनिधित्व गर्ने व्याक्तिहरु अब्बल बनिरहेका हुन्छन् । मनोरञ्जनको क्षेत्रमा कुरा गर्दा पनि तामाङ समुदाय नेपाल मुल भाषागत विषयपछि अग्र स्थानमा आउने समुदाय हो ।
यो बीचमा तामाङ समुदायको प्रतिनिधित्व गर्ने पछिल्लो तामाङ सेलो रिलिज भएको छ । ‘बोमोखाला’ बोलको गीतमा शब्द मदन घलानको छ भने स्वरमा मदनलाई जितु लोप्चनले साथ दिएका छन् । मदनलाई कृष्टिनासँग मोडलिङमा देख्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा क्यामेरा दिनेश पराजुलीले चलाएका छन् । दिनेशले यसअघि नै केहि भिडियो निर्देशनमा समेत आफुलाई अब्बल बनाइसकेका छन् । जसका कारण पनि दिनेशको छायाँकनमा सुन्दर दृश्य कैद भएको भिडियो हेर्दा भान हुन्छ ।