फ्राइडे रिलिजः जापानी निर्देशकको ‘माइ लभ’ भर्सेज दिलिपको ‘गोरे’
फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुइ फिल्म प्रदर्शनमा आएका छन् । जापानी निर्देशक तोसिआकी इतोहले निर्देशन गरेको फिल्म ‘माइ लभ’ र अर्को फिल्म ‘गोरे’ प्रदर्शनमा आएका हुन् । ‘गोरे’लाई रमेशकुमार राइले निर्देशन गरेका छन् ।
‘गोरे’मा पुराना अभिनेता दिलिप रायमाझी र अनु शाह लिड रोलमा छन् । ग्रामिण समुदायको एक युवक शहर पस्दासम्मको कथा यो फिल्मले बोल्छ । सुर्य जिसी निर्माता हुन् ।
यस्तै ‘माइ लभ’मा गणेश लामा र शितल श्रेष्ठ लिड रोलमा छन् । केहि बर्ष पहिले नेपालमा गएको विनाशकारी भुकम्पलाई पर्दामा उतारेको फिल्मले विपत्ती आइपर्दा कोहि कसैको सम्बन्धमा पर्ने प्रभाव र त्यसपछिको परिस्थितीको कथा बोल्छ । जापानी कलाकारहरु पनि यो फिल्ममा अभिनयमा छन् ।