अनिताको स्वरमा छल्कियो ज्योतिको जवानी
उदयिमान गायिका अनिता चलाउनेको स्वर समावेश पछिल्लो गीत ‘बैंश ढली जाला’ सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित मोडल ज्योति मगरले कम्मर मर्काएकी छिन् । अनिताले बैंशको कुरा गर्दा भिडियोमा ज्योतीको जवानी छल्केको छ ।
ज्योतिसँगै सन्तोष मगरले दर्जन बराबर कोरसको साथ गीतमा नृत्य गरेका छन् । स्वरमा अनितालाई रामजी खाँडले साथ दिएका छन् । गीतमा संगीत पनि रामजीको नै छ भने शब्द एकनारायण भण्डारीले लेखेका छन् । केहि समय पहिले नै माल्दिभ्समा यो गीतको भिडियो छायांकन गरिएको भए पनि चित्तबुझ्दो प्रोडक्ट ननिस्केकोले पुनः नेपालमा खिचिएको गायिका अनिताले बताइन् ।
गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् । अनिताको स्वर समावेश सुदुर पश्चिमेली समुदायमा प्रसिद्ध देउडा गीत केहि दिनमा नै रिलिजको क्रममा छ ।