मरिष्काको ‘भर्जिन ब्वाइ’ बन्न गौरव तयार, यौन मनोविज्ञानको कथा पर्दामा
वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लीको ब्यानरमा फिल्म ‘मिस्टर भर्जिन’ बन्ने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा गरियो । फिल्ममा गौरव पहारी र मरिष्का पोखरेल लिड अभिनयमा हुनेछन् ।
बिशारद बस्नेतको निर्देशनमा बन्ने फिल्मका लेखक महेश दवाडी हुन् । खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेत निर्मातामा छन् । रामेश्वर कार्कीले खिच्ने फिल्ममा संगीत सुरज पन्डित, श्री कृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको रहनेछ ।
गौरव र मरिष्कासँगै भोलाराज सापकोटा, कमलमणी नेपाल, बिजय बराल, रबिन्द्र झा, श्रीजना सुब्बा लगायत लिड अभिनयमा रहने जानकारी कार्यक्रममा गराइयो । समाजमा रहेका केही भर्जिन पात्रहरुको यौन मनोविज्ञानमा आधारित रहेर फिल्म तयार हुने बताइएको छ ।