Logo

रिलिजको २४ घण्टा नपुग्दै ‘मिस्टर झोले’ ट्रेलरको रेकर्ड

युट्युवमा रिलिज भएको १५ घण्टा मै ‘मिस्टर झोले’ ट्रेलरले रेकर्ड कायम गरेको छ । ट्रेलर नेपाली युट्युव ट्रेण्डिङको पहिलो नम्बरमा छ । कुनै पनि नेपाली फिल्मको ट्रेलर यति छिटो पहिलो नम्बर ट्रेण्डिङमा आएको सम्भवत यो पहिलो पटक हो ।

कमेडी जनराको फिल्मको ट्रेलरलाई हालसम्म २ लाख बढि पटक हेरिएको छ । आठ हजार बढिले लाइक गरेका छन् । अधिकांश कमेन्ट सकारात्मक छन् । प्रतिक्रिया जनाउने धेरैले ‘अवेटेड फिल्म’ लेखेका छन् । ट्रेलरबाटै फिल्म राम्रो बनेको हुनसक्ने अनुमानपुर्ण कमेन्ट पनि व्यक्त छन् ।

फिल्म सिनेमा आर्ट्स नेपाल र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा तयार भएको हो । रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’का कार्यकारी निर्माता रौनकबिक्रम कडेल हुन् । टेकेन खड्का निर्माता रहेको फिल्ममा दयाहाङ राइ, दिया पुनः, बर्षा राउत, बुद्धी तामाङ, प्रविण खतिवडा लगायत लिड रोलमा छन् । फिल्म आउँदो पौष २८ बाट दर्शकमाझ आउनेछ ।

Comments