Logo

दयाहाङ र बर्षाको ‘मिस्टर झोले’ ट्रेलर रिलिज (भिडियो)

दयाहाङ राइ र बर्षा राउत स्टारर फिल्म ‘मिस्टर झोले’को ट्रेलर रिलिज भएको छ । पौष २८ लाई सार्वजनिक प्रदर्शन मिति तय गरेको फिल्मको निर्माण टिमले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गर्यो ।

सार्वजनिक ट्रेलरमा प्रेम, कमेडी र द्वन्द्वको समिश्रण छ । लिड कलाकार दया र बर्षासँगै दीया पुनः, बुद्धी तामाङ, विजय बराल, अरुणा कार्की, प्रविण खतिवडा, कमलमणी नेपाल लगायतलाई ट्रेलरमा फिचर गरिएको छ । फिल्ममा निरु खड्का, लक्ष्मी बर्देवा, सरोज अर्याल, माओत्से गुरुङ पुष्कर गुरुङ पनि अभिनयमा छन् ।

कालिप्रसाद बाँस्कोटाले संगीत भरेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कथा पनि रामबाबुको नै हो । रौनक बिक्रम कडेल कार्यकारी निर्माता रहेको फिल्मका निर्माता टेकेन खड्का हुन् । टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्ट्स नेपालको ब्यानरमा फिल्म तयार भएको हो ।

मिस्टर झोले लाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् भने अर्जुन कार्की, मणिराम पोखरेल र ओमचन्द्र रौनियार सह निर्माता छन् । यसअघि रिलिज ‘ओखती’ बोलको गीतले यतिबेला चर्चा पाइरहेको छ ।

Comments