वलिउड रेकर्डः ‘फुक्रे रिटर्न्स’ तीन दिनमै लगानी सुरक्षित
गत शुक्रबारबाट प्रदर्शनमा आएको वलिउड फिल्म ‘फुक्रे रिटर्न्स” ले रिलिजको तीन दिनमा नै लगानी सरुरक्षित गरेको छ । बम्पर ओपनिङ गरेको फिल्मले पहिलो तीन दिनमा नै लगानी सुरक्षित गर्यो अहिले नाफाको बाटोमा अघि बढेको छ ।
गत २०१३ मा रिलिज ‘फुक्रे’को पहिलो सिक्वेलले रिलिजको तीन दिनमा ३२ करोड प्लस विजनेस गरेको छ । वलिउड अनलाईनहरुको समाचारलाई आधार मान्दा फिल्मको कुल लागत (प्रोडक्सन २२ करोड + प्रचार प्रसार ८ करोड) ३० करोड मात्रै हो ।
१ सय ४१ मिनेट लामो फिल्ममा ऋचा चड्डा, पुल्किट सम्राट, वरुण शर्मा, अली फजल, प्रिया आनन्द लिड रोलमा छन् । फराह अख्तार र रितेश शिदवानीले निर्माण गरेको कमेडी जनराको फिल्मलाइ म्रिजद्विप सिंह लम्वाले निर्देशन गरेका हुन् ।
वलिउडमा किङ मानिने तीन खान तथा अक्षयकुमार, अजय देवगानहरुका फिल्म सय करोड बढि लागतमा बन्दा नाफाको बाटोमा जान कम्तिमा पहिलो हप्ताको विजनेस पर्खिनुपर्ने हुन्छ । यो फिल्मले भने कम लगानीमा बनेर पनि छिटो नाफाको बाटो समाएको हो । २०१३ रिलिज ‘फुक्रे’ ले वक्सअफिसमा लाइफटाइम कलेक्सन ७५ करोडको गरेको थियो ।