Logo

परदेशीको पीडा बोल्ने ‘मन त परदेशी’ रिलिज कन्फर्म

रोजगारीको लागी अरबी मुलुक पुग्दै गर्दा नेपाली युवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ रिलिजको लागी तयार भएको छ । देश तथा विदेशका विभिन्न शहरमा फिल्मको स्पेशल स्कृनिङपछि निर्माण टिम यो फिल्मलाई नेपालमा सार्वजनिक प्रदर्शनको लागी जुटेको हो ।

फिल्म आगामी पौष १४ गतेबाट अलनेपाल रिलिज हुनेछ । निर्देशक देव नेपालले पौष १४ लाई फिल्म प्रदर्शनको उपयुक्त मिति भन्दै दर्शकको मन जित्ने अपेक्षा राखे । पछिल्लो समय पर्दामा वास्तविक अनि मौलिक कथा उठान गर्दा दर्शकबाट धेरै फिल्महरुले माया पाएको भन्दै नेपालीहरुको आफ्नै घरको कथा बोल्ने फिल्मलाई सबैको साथ मिल्ने उनको भनाई छ ।

फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ । पुश्कर सुनुवारले संगीत भरेका छन् । दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेको फिल्मलाई मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका हुन् ।

Comments