‘नम्बर वान फ्यान’ भन्दै मौन अवधिमा करिश्मालाई रेखाको समर्थन
‘यू आर ब्यूटिफुल दिज्जु, अलवेज योर नम्बर वान फ्यान … रेखा थापा । स्टार अभिनेत्री रेखा थापाले बुधबार सामाजिक सञ्जालमा अभिनेत्री करिश्मा मानन्धरको तश्विर सहित पोष्ट गरेको स्टाटसको लाइन हो यो । देश पुर्णतः चुनाबी माहोलमा होमिँदै गर्दा दोस्रो चरण अन्तर्गत बिहिबार विभिन्न जिल्लामा मतदान हुँदैछ । नयाँ शक्ती पार्टीको तर्फबाट समानुपातिक सुचीको पहिलो नम्बरमा रहेकी करिश्मालाई घुमाउरो समर्थन सहित रेखाले उक्त स्टाटस पोष्ट गरेकी हुन् ।
चुनाबको घडी नजिकिँदै गर्दा मौन अवधी सुरु भइसकेको छ । निर्वाचन आयोगले कुनै पनि दल विशेष तथा उम्मेद्वारले सँगसँगै उमेद्वारको पक्षमा अरु जो कसैले पनि प्रचार प्रसार गर्न रोक लगाईसकेको छ । यो बीचमा रेखाले भने सामाजिक सञ्जाल मार्फत फेसबुकमा स्टाटस लेख्दै घुमाउरो पाराले करिश्माको पक्षमा समर्थन दर्शाएकी हुन् ।
विचार धारागत कुरा गर्दा रेखा र करिश्मा दुई ध्रुवका तारा जस्तै छन् । रेखा सनातन हिन्दु धर्मको पक्षधर पार्टी राप्रपा प्रजातान्त्रिक समर्थित हुन् उक्त पार्टीकी महा मन्त्री हुन् भने करिश्मा त्यसको ठ्याक्कै विपक्षी नयाँ शक्ती पार्टीकी नेतृ । यो बीचमा राप्रपाले देशका धेरै ठाउँमा अर्को लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस र नयाँ शक्तीसँग पार्टीसँग चुनाबी तालमेल समेत गरेको छ । त्यसैको प्रभाव रेखाको स्टाटसमा व्यक्त भएको छ ।
अर्को तर्फ नेपाली फिल्म उद्योगमा रेखा र करिश्मा राम्रो सम्बन्ध गाँसिएका अभिनेत्रीमा गरिन्छन् । जसले पनि हरेक व्याक्तिमा रहने अभिव्यक्ती स्वतन्त्रताको प्रयोग रेखाले गरेको समेत स्टाटसले दर्शाउँछ । पछिल्लो समय मौलाउँदो चुनाबी नारा ‘पार्टी भन्दा पनि व्याक्ति हेरौं’को पक्षमा पनि रेखाले आफुलाई उभ्याएको भान समेत सम्बन्धित पोष्टले गराएको छ । स्टाटसमा रेखाले करिश्मा प्रतिको प्रेमभाव समेत ‘लभ सिम्बोल’ ले झल्काएकी छिन् ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ती नेपाल पार्टी स्थापनाको समयदेखि नै करिश्मा उक्त पार्टीमा आवद्ध भएकी थिईन् । त्यसयता सदाबहार सुन्दरीको उपमा पाएकी करिश्मालाई नेपाली राजनीतिको उदाउँदो नक्षत्रको रुपमा लिइँदै आईएको छ । नयाँ शक्ती पार्टीले करिश्मालाई समानुपातिक सुचीको पहिलो नम्बरमा राख्नुले पनि करिश्मामाथी को संभावना प्रष्टिन्छ ।