Logo

पर्दामा रजनिकान्तसँग केकीको लडाइँ !

अभिनेत्री केकी अधिकारी फिल्म निर्माणमा जुटेकी छिन् । केहि दिन पहिले मात्रै उनको निर्माणमा बन्दै गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को छायाँकन सकिएको छ । फिल्मको रिलिज मिति यसअघि नै आगामी बैशाख १४ लाई तय गरिसकिएको थियो ।

केकीले तोकेको मितिमा केहि हप्ता पहिले युवा अभिनेता प्रदिप खड्का स्टारर फिल्म ‘लिलिबिली’ आउने सम्मको चर्चा चल्दै गर्दा उक्त कुरा दूर बनिसकेको छ । जसले केहि क्षण मात्रै केकीलाई खुशी दियो । अब भने केकीलाई पुनः टाउको दुखाईको विषय बनेको छ । केकीको फिल्म आउने मितिमा साउथ सुपरस्टार रजनिकान्तको फिल्म ‘२.०’ रिलिज हुने भएको छ ।

अप्रिल २७ लाई अफिसियल रुपमा प्रदर्शन मिति तय हुँदा नेपाली पर्दामा रजनिकान्तको फिल्मसँग केकीको भिडन्त हुनेछ । किनकी भारतका स्टार अभिनेताहरुका फिल्म नेपाली पर्दामा पनि प्रतिक्षित बन्छन् । यो फिल्म पनि उत्तिकै छ । त्यसैले मल्टिप्लेक्समा नेपाली फिल्म भन्दा प्राथमिकता भारतिय फिल्मको हुँदै आएको कुराले पनि केकीलाई यो पटक अफ्ठ्यारो पर्ने देखिन्छ । कालान्तरमा ‘कोहलपुर एक्सप्रेस’को रिलिज सर्दैगर्दा पनि आश्चर्य हुनेछैन् ।

Comments