Logo

सृष्टिसँगको बिहेको प्रश्नमा सौगातको जवाफ यस्तो

अभिनेता सौगात मल्ल र पुर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको लभ अफेयरको कुरा पुरानो भइसकेको छ । कहिले सिनेमा डेट त कहिले सुटिङ सेटमा भेट्न पुग्दा झाङ्गिँदै आएको पिरती । यो जोडीले मिडियामा प्रेम प्रसङ्गमा पनि राम्रै स्थान पाउँछ । पछिल्लो समय सौगात सृष्टिको बिहे सम्बन्धि गसिपहरु पनि बाहिर आइरहेका छन् ।

यो बीचमा सोमबार फिल्मीनेपालसँगको भेटघाटमा सौगातले बिहेको बारेमा केहि कुरा खोले । बिहेको लागी सबैभन्दा उत्तम लगन मानिने मंसिर सकिनै लाग्दा भेटिएका सौगातले समय आएपछि सबैकुरा आफै हुने भन्दै तत्काल बिहेको कुनै ‘प्लानिङ’ नभएको बताए ।

सम्बन्धित छवि

घरमा बुबा आमाले धेरै पहिलेदेखि बुहारी खोजेको बताएका सौगातले औपचारिक तथा अनौपचारिक गफगाफमा आफुहरुको प्रेमलाई थप मजबुद बनाउने भन्दै उपयुक्त समय आउँदा लगनगाँठो कस्ने बताए । सृष्टि यतिबेला फिल्म ‘बाँध मायाले’ को सेटमा छिन् । सृष्टि आफुबाट केहि टाढा हुँदा अभाव महसुस हुने भएपनि ‘कम्युनिकेसन’ भइरहने भन्दै केहि दिनमा नै उनलाई भेट्न नवलपरासी पुग्ने सौगातले बताए ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘पञ्जेबाजा’ टिमले आयोजना गरेको प्रेस भेटघाट कार्यक्रममा सौगात फिल्म भन्दा बाहिर निस्किँदा केहि रोमाञ्चक देखिए । सौगात विगत एक बर्षदेखि सृष्टिसँगको प्रेममा छन् ।

Comments