रुविनासँग सुशिलको रोमान्स पक्का, ‘लभ डायरिज’ निर्माण घोषणा
लभ स्टोरी जनरामा फिल्म ‘लभ डायरिज’ बन्ने भएको छ । सौरभ चौधरीले निर्माण गर्ने सिनेमाका लागि सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा लगायतका कलाकार फाईनल भएका छन् । एक फरक तरिका अपनाउँदै निर्माण टिमले भिडियो फुटेज मार्फत फिल्म निर्माणको जानकारी गराएको हो ।
यो फिल्मलाइ सौरभ चौधरीले निर्देशन गर्नेछन् भने लामो समयदेखि सम्पादनको काम गर्दै आएका साहिल खानले यो फिल्ममा एसोसियट निर्देशकको काम गर्दैछन् । फिल्म इष्टर्न इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म बन्नेछ । फिल्म सम्पादनको काम साहिलसँग मिलन श्रेष्ठले मिलेर गर्नेछन् ।
फिल्ममा ‘होस्टेल रिटर्न्स’ डेब्यू हिरो सुशिल केहि भिन्न गेटअपमा प्रस्तुत हुँदैछन् । सार्वजनिक भिडियोमा पनि उनलाई केहि फरक अबतारमा प्रस्तुत गरिएको छ । फिल्ममा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सह-निर्माण रहनेछ ।
मंसिरको अन्तिम साताबाट फ्लोरमा जाने बताइएको फिल्मलाई सञ्जय लामाले खिच्नेछन् भने अर्जुन पोखरेलले संगीत संयोजनको काम गर्दैछन् । यस्तै कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।