‘झ्यानाकुटी’: निर्मात्री बन्दा नीशा कति सफल ?
अभिनेत्री नीशा अधिकारी पछिल्लो पटक निर्माता बनिन् । लगानी गरेर ‘वाच डग’ बन्दै नीशाले आफ्नो अभिनय बिना फिल्म तयार गरिन्, अभिनेता सौगात मल्ल र अभिनेत्री वेनिशा हमाल लिएर । पछिल्लो समयमा धेरै कलाकारहरु निर्माण निर्देशनमा अघि बढ्दै गर्दा नीशाले पनि यो भीड ‘ज्वाइन’ गरेकी हुन् ।
त्यसो त दीपाश्री निरौलालाई छाड्ने हो भने अन्य धेरै अभिनेत्रीहरु निर्माणमा सफल भएनन् । निर्देशक बन्दा झरना थापाले पनि सफलता हात पारिन् । अब नीशाले पहिलो फिल्मबाट के पाइन् त चर्चा गर्न योग्य विषय छ ।
सिंगल स्कृन भन्दा मल्टिप्लेक्स हलमा बढि लक्षित गरिएको फिल्मले सुरुवाती दिनमा दर्शकबाट राम्रै साथ पायो । राजधानीका केहि पर्दाका रिलिजको दोश्रो दिनका ‘शोज’ दर्शकले भरिए । तर यो विजनेस पनि सुखद रहेन् । मिडियामा पहिलो दुई दिनमा फिल्मले १ करोडको विजनेस गरेको समाचार लेखाउँदै गर्दा फिल्मको पहिलो हप्ताको ग्रस विजनेस १ करोड ४० लाख आसपास पनि पुगेन् । वितरक सुनिल मानन्धरले फिल्मले आशातित कमाइ नगरेको स्विकार गरिसकेका छन् ।
फिल्म १ करोडको हाराहारीमा तयार भएको बताउँदै गर्दा निर्माण टिमले नेपाल रिलिजबाट लगानी उठाउन नसकेको प्रष्ट देखिन्छ । जसले अभिनेत्री नीशालाई निर्मात्री बन्दा पनि ठुलो फलिफाप नभएको देखाउँछ । त्यसो त सामाजिक सञ्जालमा रिलिज पहिलेको हल्ली खल्ली भयंकर देखिएको थियो । नीशाको सपोर्टमा लाखौं फ्यान फलोइङ भएका सेलेब्सहरु ‘झ्यानाकुटी’ प्रचारमा जोडिएका थिए । त्यसको लाभ फिल्मले उठाउन सकेन् ।
फिल्मबाट लगानी फिर्ता नपाएपनि नीशाले निर्माण अनुभव भने राम्रै पाइन् । सुटिङदेखि प्रचार प्रसारसम्म सँगसँगै देखिएकी नीशाले यो पटक अभिनयबाट माथी उठेर निर्माणमा लाग्दा पाएको अनुभवलाई सँगालेर भोलीको दिनमा पक्का थप राम्रो गर्ने आशा उनका शुभचिन्तकहरुमा बढेको छ ।
दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मले समिक्षमबाट त्यहि पनि भेटेन् । निर्देशक सिमोस सुनुवारले नीशासँग यो फिल्ममा लगानीमा साझेदारी समेत गरेका थिए । फिल्मले नीशा सिमोस दुबैलाई विजनेसमा न्याय नगरेको समेत चर्चा छ । तर निर्देशकले दर्शकलाई न्याय गर्ने फिल्म बनाउन सकेको भए मात्रै विजनेसले न्याय गर्ने होइन र ?