टाइटल मै विवादित ‘गाँजाबाजा’ रिलिज कन्फर्म
नाम दर्ता गर्न चलचित्र विकास वोर्डले अनुमति नदिएपछि सर्वोच्च अदालतसम्म पुगेको फिल्म ‘गाँजाबाजा’ अब रिलिज कन्फर्म भएको छ । निर्देशक गणेश देव पाण्डेले फिल्म रिलिजको लागी आउँदो फागुन २५ ‘लक’ भएको सामाजिक सञ्जालमा लेखेका छन् ।
फिल्मको वितरण अधिकार एफडी कम्पनिले किनेको छ । सम्झौता सहितको तश्विर फेसबुकमा पोष्ट गरेका निर्देशक पाण्डेले फिल्मको उत्पन्न विवाद र त्यसपछिको समाधानको बारेमा भने केहि लेखेका छैनन् । यो बारेमा बुझ्न फोन सम्पर्क गर्दा उनले ‘फोन कट’ गरे ।
फिल्म प्रदर्शनको लागी मिति तय हुनुले २ बर्षदेखिको सबै विवाद अन्त्य भएको र फिल्मले ‘गाँजाबाजा’ नाम राख्न पाउने भएको आशय बुझ्न सकिन्छ । यो फिल्ममा सुशिल सिटौला, वर्षा शिवाकोटी, अनुपम शर्मा लगायत लिड रोलमा छन् ।
गाँजा खोज्दै भौंतारिने दुई बेरोजगार युवाको कथामा बनेको फिल्मले त्यसपछि उत्पन्न परिस्थितीको बारेमा बोल्छ । ‘गाँजा’ शब्दलाई कानुनगतः अवैधानिक भएको भन्दै चलचित्र विकास वोर्डले सुटिङ सकिँदा सम्म पनि यो फिल्मको दर्ता प्रक्रिया नै अघि बढाएको थिएन् ।