Logo

सिड्नी प्रिमियरमा साम्राज्ञीको फेशन स्टेटमेन्ट (तीन तश्विर)

फिल्म ‘ए मेरो हजुर २’ को अष्ट्रेलिया प्रिमियर सम्पन्न भएको छ । नेपाल रिलिजको सफलतापछि विदेश प्रदर्शनीमा जुटेको फिल्मको पहिलो अष्ट्रेलिया प्रदर्शनी सिड्नीस्थित इभेन्ट सिनेमामा आयोजना भएको थियो । हाउसफूल शो मा स्थानिय दर्शकले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक झरना थापासँगै फिल्म हेरे ।

फिल्म प्रिमियरमा हट अबतारमा देखिएकी साम्राज्ञीले सबैको ध्यान तानिन् । रातो हट पहिरनमा ‘रेड कार्पेट’मा देखिएकी साम्राज्ञी मुख्य आकर्षण बन्दा उनीसँग सेल्फी खिचाउनेहरु उल्लेख्य देखिए । फिल्म हेरिसकेपछि सबैजसो दर्शकले उत्कृष्ट प्रतिक्रिया दिए ।

फेशन कन्सियस यी सुन्दरी प्रायः कार्यक्रममा आफ्नो ध्यान मिडिया तथा शुभचिन्तकहरुमा तान्ने गर्छिन् । उनको पहिरनले समय समयमा पर्चा पाईरहन्छ ।

सिड्नीपछि यो फिल्मको अष्ट्रेलियाका अन्य शहरहरुमा पनि प्रदर्शनी हुने आयोजकले बताएको छ । सिड्नी शो मा सहभागि हुन बुधबार साम्राज्ञी र झरना अष्ट्रेलिया उडेका थिए । अष्ट्रेलिया प्रदर्शनीको व्यवस्थापन रोशन भट्टराईले मिलाएका हुन् । १० दिनको बसाईपछि यी दुई स्वदेश फर्किनेछन् । यो फिल्ममा सलिनमान बानिया र सलोन बस्नेत पनि लिड रोलमा छन् ।

Comments