‘पर्व’ पछि गुमनाम नम्रता, आर्यनसँगको टिमअप अन्त्य !
नम्रता श्रेष्ठ,अभिनयमा अब्बल नाम हो । हरेक जसो उपस्थितीमा आफुलाई अब्बल प्रस्तुत गर्दै आएकी नम्रता धेरै फिल्मबाट अवार्ड जितेकी अभिनेत्रीमा पर्छिन् । कहिले ‘सुस्त मनस्थिती’ त कहिले ‘ब्लाइण्ड’, हरेक प्रकारका पात्रलाई न्याय गर्ने यी सुन्दरी अब कहिले पर्दामा आउँछिन् भन्ने कुराको भने पत्तो छैन् ।
कुरा यो हो कि नम्रताको हातमा यतिबेला फिल्म छैनन्, रिलिज हुन बाँकी फिल्म पनि छैनन् । उनि कुनै पनि ब्यानरमा अनुबन्ध भएको खबर पनि प्राप्त छैन् । फिल्म अभिनय सँगसँगै थियटरमा पनि सकृय यी अभिनेत्रीले केहि समय पहिले होम प्रोडक्सनमा फिल्म बनाउने कुरा बाहिर आएको थियो । अहिले त्यो पनि सेलाएको छ । पछिल्लो रिलिज ‘पर्व’पछि नम्रता गुमनाम जस्तै छिन् ।
नम्रताले यसअघि निर्देशक दिनेश राउतसँग मिलेर फिल्म बनाउने चर्चा थियो । उक्त फिल्म पनि बनेन, बरु राउतले नजिकका निर्माता सुवास गिरीसँग ‘भैरवी’ नामको प्रोजेक्टको होमवर्क सुरु गरिसकेका छन् । उता निकटम मानिने अभिनेता आर्यन सिग्देलसँग पनि यतिबेला नम्रताको सम्बन्ध चिसिएको गसिप बजारमा चर्चा छ ।
नम्रता र आर्यनको सम्बन्धमा दरार आएपछि नै कुनै बेलाको एक टिम मानिने निर्देशक राउत सहितको यो जोडी टुटेको बताइन्छ । त्यसपछि राउतले आर्यन छाडेर नम्रतासँग फिल्म बनाउने योजना बुनेका थिए । जुन प्रोजेक्ट सुरु हुन नै सकेन् यो बीचमा नम्रता एक कदम पछि हुँदा राउत ‘भैरवी’ र आर्यन ‘कायरा’ नामको फिल्म निर्माणमा जुटिसकेका छन् । प्रायः फिल्ममा एकसाथ देखिएको र राम्रै जम्दै आएको नम्रता र आर्यन जोडी टुटेको छ आर्यनले लिड अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाह रोजिसकेका छन् ।
तश्विरः कान्तिपुर