Logo

जापानिक निर्देशकको फिल्ममा झल्केको धरहरा ढल्दाको पीडा (भिडियो)

जापानिज निर्देशकले बनाएको फिल्म ‘माइ लभ’ को नेपाली स्याड भर्सन गीत ‘ढल्यो ढल्यो’ सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालबाट निर्माण पक्षले सो गीत सार्वजनिक गरिएको हो । गीतमा भुकम्प पछिको अस्तव्यस्त र धरहरा ढलेको चित्रण गरिएको छ ।

गीतमा कलाकार गणेश लामालाई फिचरिङ गरिएको छ भने राज सागरको स्वर र संगीत रहेको छ । सुष्मा देवकोटाको शब्द रहेको गीतलाई नारायण जिसीले खिचेका हुन् । फिल्म यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।

नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा बोकेको फिल्मलाई जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् । फिल्ममा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय समावेश छ ।

Comments