Logo

अष्ट्रेलिया उडिन् साम्राज्ञी, विमानस्थलमा तेर्सियो १० लाखको प्रश्न !

पछिल्लो समयकी स्टार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलिया भ्रमणमा निस्किएकी छिन् ।बुधबार साँझ उनि आफ्नो पछिल्लो फिल्म ‘ए मेरो हजुर २’ को स्कृनिङमा सहभागिताको लागी अष्ट्रेलिया उडेकी हुन् । त्रिभुवन विमानस्थलमा उनि पुग्दा दर्जन बराबर मिडियाले घेरे ।

विमानस्थलमा साम्राज्ञीलाई युवा फ्यानहरुले घेरेका थिए । मिडियालाई अन्तर्वार्ता दिँदासम्म उनलाई हम्मे परेको थियो । मिडियाकर्मीमाझ कुरा गर्दै साम्राज्ञीले कुनै पनि ठुलो देशको पहिलो विदेश यात्रालाई लिएर उत्साहित बोलिन् । नेपाली दर्शकले तथा विदेशमा वस्नुहुने फ्यान तथा सुभचिन्तकहरुको मायाको कारण आफु यो स्थानमा रहेको भन्दै अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुबाट पनि यो प्रकारको मायामा निरन्तरता मिल्ने आशा व्यक्त गरिन् ।

पछिल्लो पटक उनले आर्यन सिग्देल ब्यानरको फिल्म ‘कायरा’मा अनुबन्धन भएको प्रसंग जोड्दै उनको मोटो पारिश्रमिक ( १० लाख)लाई लिएर सोधिएको प्रश्नमा साम्राज्ञीले ‘आर्यन जीले जे भन्नु भएको छ त्यहि सहि’ मात्र बताइन् । सकभर क्यामेरामा बोल्न नपरोस् भन्ने मनस्थितीमा देखिएकी साम्राज्ञीलाई मिडियाकर्मीले घेरेपछि नबोली नहुने अवस्था सृजना भएको थियो ।

साम्राज्ञीसँगै ‘ए मेरो हजुर २’ निर्देशक समेत रहेकी अभिनेत्री झरना थापा पनि अष्ट्रेलिया उडेकी छिन् । यी दुई अभिनेत्रीले सिड्नीमा नोभेम्बर २५ मा हुने फिल्मको स्पेशल स्कृनिङमा सहभागिता जनाउनेछन् । फिल्मको अष्ट्रेलिया प्रदर्शनीको जिम्मा रोशन भट्टराईले लिएका छन् ।

१० दिनको अष्ट्रेलिया बसाइपछि साम्राज्ञी र झरना स्वदेश फिर्नेछन् । ‘ए मेरो हजुर २’ लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यो फिल्ममा साम्राज्ञीसँगै सलिनमान बानिया र सलोन बस्नेत लिड रोलमा छन् । नेपालमा गत भदौ १६ मा रिलिज भएको फिल्मले बम्पर विजनेस गरेको थियो ।

तश्विरः समिर बलामी / उद्धव रसाइली

Comments