Logo

अष्ट्रेलियामा ‘ए मेरो हजुर २’, साम्राज्ञी र झरनासँग फिल्म हेर्ने अबसर

गत भदौ १६ मा रिलिज भइ नेपाली वक्सअफिसमा हिट सुचीमा परेको फिल्म ‘ए मेरो हजुर २’ को यतिबेला विदेश प्रदर्शन चलिरहेको छ । डेब्यू निर्देशनमा नेपाली दर्शकबाट तारिफ भेटेकी अभिनेत्री झरना थापा विदेशमा बस्ने नेपालीहरुबाट पनि सोहि प्रकारको माया र सद्भावको अपेक्षामा छिन् । यो बीचमा फिल्मको अष्ट्रेलिया रिलिज तय भएको छ ।

यहि नोभेम्बर २५ तारिखमा फिल्मको अष्ट्रेलियामा पहिलो शो हुने भएको हो । यसअघि नोभेम्बरका विभिन्न मितिमा तय भएका शो हरु भने कारणबस सम्पन्न हुन सकेनन् । आउँदो शनिबार अष्ट्रेलियाको सिड्नीमा हुने पहिलो प्रदर्शनीमा सहभागी हुन निर्देशक झरनासँगै लिड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मंगलबार अष्ट्रेलिया उड्दैछन् । इभेन्टमा उपस्थित हुने दर्शकले साम्राज्ञी र झरनासँगै फिल्म हेर्ने अबसर प्राप्त गर्नेछन् ।

ए मेरो हजुर २को लागि तस्बिर परिणाम

विभिन्न कम्पनिको सहकार्यमा हुन लागेको प्रदर्शनीलाई ब्यवस्थापनको काम रोशन भट्टराईले गरेका छन् । पहिलो प्रदर्शनीपछि अष्ट्रेलियाका अन्य शहर व्रिसवेन, मेलवर्न लगायतमा बस्ने नेपालीहरुमाझ पनि यो फिल्म देखाइने बताईएको छ । साम्राज्ञीसँगै सलिनमान बानियाँ र सलोन बस्नेत लिड अभिनयमा रहेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

Comments