‘झ्यानाकुटी’बाट नीशाको परिक्षा, सौगात ह्याङबाट बाहिर छन् दर्शक ?
अभिनेता सौगात मल्लको पछिल्लो रिलिज ‘फाटेको जुत्ता’ यतिबेला पनि विभिन्न हलमा प्रदर्शनरत छ । दोश्रो हप्तामा पनि राम्रै दर्शक पाएको यो फिल्म शुक्रबारबाट तेश्रो हप्ता प्रवेश गर्दा प्रतिस्पर्धा सौगात आफैले आफैसँग गर्दैछन् । फ्राईडे रिलिज अन्तर्गत उनि अभिनित अर्को फिल्म ‘झ्यानाकुटी’ देशभर प्रदर्शनमा आएको छ ।
संयोगबस सोलो रिलिजको अबसर पाएको फिल्म मल्टिप्लेक्स तथा सिंगल स्कृन सबैतिर एकसाथ प्रदर्शनमा आएको हो । हाइ फ्यान फलोईङ सेलेब्स एकढिक्क भएर सामाजिक सञ्जालमा प्रचारमा लाग्दा यो फिल्मको मल्टिप्लेक्स हाइप राम्रो बनेको छ । तर दर्शक कति आउँछन् त्यो भने शुक्रबारबाटै थाहा लाग्नेछ ।
यो फिल्मलाई क्यूएफएक्सले १० शोज प्रदान गरेको छ भने बिग सिनेमाले ५ शोज दिएको छ । मल्टिप्लेक्समा अग्रिम बुकिङमा दर्शकले देखाएको उत्सुकताले फिल्मले सुरुवाती दिनमा दर्शक राम्रो तान्ने अनुमान निर्माण टिममा छ । फिल्म देशभरका ७० बराबर हलमा एकसाथ रिलिज भएको दाबी वितरण कम्पनिको छ । सुनिल मानन्धरको कम्पनि श्रीराम बालाजी फिल्मस् ले यो फिल्मलाई वितरणको जिम्मा लिएको छ ।
सौगातको फिल्म रिलिज यो हप्ता हुँदा ‘फाटेको जुत्ता’ हेर्ने दर्शकमा सौगात ह्याङ्ग अझै बाँकी छ । दर्शकलाई त्यसबाट बाहिर निकाल्न निर्माण टिमले रिलिजसँगै अपनाउने रणतीति अनि फिल्मको कन्टेन्ट र ‘स्कृनप्ले’ले अर्थ राख्नेछ । सिमोश सुनुवार निर्देशित फिल्ममा सौगातसँग वेनिशा हमाल लिड अभिनयमा छिन् ।
नीशाको निर्माण परिक्षाः
अभिनेत्री नीशा अधिकारी यो फिल्मबाट निर्मात्री बनेकी छिन् । पछिल्लो समय कलाकारहरु निर्माण निर्देशनमा समेत सकृय हुँदैगर्दा यो भीडमा नीशा पनि थपिएकी हुन् । अभिनय क्षमतामा अनि सुन्दरतामा राम्रै अब्बल ठहरिएकी नीशा निर्माणमा कति जम्छिन् त्यसको परिक्षा आजबाट सुरु भएको छ ।
निशाको लगानी सहि ठाउँमा भएको धेरैको अनुमान रहँदा अनि फिल्मको छायाँकनदेखि प्रचारसम्म आईपुग्दा उनले देखाएको सकृयताले नतिजा राम्रो निस्किनेमा उनि निकट मानिने हरु आशावादी छन् । तर जे जसो हुँदा पनि एउटा निर्माताले सफलताको अनुभुती गर्न उसको फिल्मले गर्ने व्यापारिक पक्ष सशक्त हुनै पर्छ । जुन कुराले नै नीशाको निर्माण परिक्षाको नतिजा बोल्नेछ ।
तश्विर श्रोतः गुगल