Logo

‘धनपति’ गर्लसँग दयाहाङको रोमान्स, बुद्धिले पाए बर्षा

एभरेष्ट सुर्य बोहराको निर्देशनमा बन्न लागेको फिल्म ‘भैरे’को औपचारिक घोषणा भएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रकमा बीच निर्माण टिमले शुभ मुहर्त गर्दै मंसिर चार गतेबाट फ्लोरमा जाने समेत जानकारी गरायो । घोषणा कार्यक्रममा बोल्दै निर्देशक बोहराले आफुले भन्दा बढि आफ्नो कामले बोल्ने बताए । ‘मैले भन्दा बढि मेरो कामले बोलोस् । मेरो कामलाई हेरेर यहाँहरुले मुल्यांकन गर्नुहुनेछ’, बोहराले भने ।

फिल्ममा दयाहाङ राईले पछिल्लो फिल्म ‘धनपति’ गर्ल सुरक्षा पन्तसँग जोडी बाँध्ने पक्का हुँदा अर्का कलाकार बुद्धि तामाङको जोडी अभिनेत्री बर्षा शिवाकोटीसँग जोडी बाँध्नेछन् । ‘लप्पन छप्पन’ र ‘कारखाना’ रिलिजपछि वर्षाको यो पहिलो फिल्म हो ।

फिल्ममा कथा निर्देशक बोहराको नै छ । नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरमा फिल्म बन्नेछ । सुनिल थापा, विक्रान्त बस्नेत, अनुभव रेग्मी पनि यो फिल्ममा लिड कलाकार छन् । यम बराल र वसन्त सापकोटाले फिल्ममा संगीत भर्नेछन् । अर्को बर्षको तीजमा रिलिज गर्ने घोषणा गरिएको फिल्मलाई काठमाडौं, पोखरा र मुस्ताङमा खिचिनेछ ।

पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा प्रेम प्रसाद पौडेल निर्माता छन् भने कार्यकारी निर्माताको रूपमा देवी माया अधिकारी छिन् । यस्तै यम बराल, लेख बहादुर गुरुङ र रघु पुरी सह-निर्माता छन् ।

Comments