Logo

५१ औं दिन पुग्दा ‘छक्का पञ्जा २’ लाई १५ करोड, गल्ती स्विकारे दीपकले

गत दशैंको छेकोमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ ले सफल प्रदर्शनको ५१ औं दिन प्रवेश गरेको छ । असोज ११ देखि प्रदर्शनमा आएको यो फिल्मले कार्तिक ३० मा आईपुग्दा ५१ दिन पुर्याएको हो । अहिले यो फिल्म राजधानीका केहि सिंगल स्कृनदेखि मल्टिप्लेक्समा समेत प्रदर्शन भईरहेको छ ।

यसअघि ‘छक्का पञ्जा’को पहिलो सिरिज पनि हिट भएको थियो । १०० औं दिनसम्म मनाएको थियो । प्राप्त जानकारी अनुसार फिल्मले ५१ औं दिनसम्म आईपुग्दा १५ करोड बराबरको विजनेस गरेको छ । निर्माण टिम तथा वितरण कम्पनिहरु यहि दाबी गर्छन् । यो फिल्मको पहिलो सिरिजले १६ करोड ग्रस विजनेस गरकेो थियो ।

दिपाश्री निरौंला निर्देशित फिल्मले अनेकन क्रिटिक्स पाउँदा पनि दर्शकले उत्तिकै साथ दिएपछि ५१ औं दिनको माईलस्टोन पुरा गरेको हो । फिल्ममा दिपकराज गिरी, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, शिवहरी पौड्याल, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बुद्धी तामाङ लगायत लिड अभिनयमा छन् ।

यसैबीच निर्माता तथा कलाकार दीपकराजले ‘छक्का पञ्जा २’मा केहि गल्ती भएकै हो भन्दै स्विकार गरेका छन् । फेसबुकमा स्टाटस लेखेका उनले ४ वटा गल्ती हुँदा ४० बनाईएको दाबी गर्दै अनेक तवरबाट आक्रमण हुँदा पनि दर्शकले दिएको माया, विश्वास र साथलाई धन्यवाद भन्दै भोलीको दिनमा गल्ती सच्चाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

यस्तो छ स्टाटसः

आज बिशेष दिन, केहि मनका कुरा………
“छक्का पन्जा २ “ …….आज प्रदर्शनको ५१ औ दिन
मनाउदैछौ हामि, हाम्रो यो चौथो चलचित्र थियो, यस पटक हामिलाइ फलामको च्यूरा चपाए जस्तो पनि भयो
सुरू देखि भिन्न भिन्न प्रकारको आक्रमण लाइ झेल्दै आयौ,
गीत बिबाद, बितरकहरू को तानातान, केहि
प्रदर्शकहरूको अबरोध , आफ्नै क्षत्रका जुधाइहरू
यसका बाबजूद पनि दर्शकहरूको अपार मायाले यो चलचित्र पनि थुप्रै कीर्तिमान हरू कायम गरेर, आज सम्म का दोस्रो ठूलो ब्यपार गर्न सफल चलचित्र हुन पुग्यो
हामिलाइ थाहा छ हाम्रो यो फ़िल्म १ को तुलनामा कमजोर थियो
किनकि यसको बिषय बस्तु पछिल्लो फिल्मको जस्तो सबैले बुझ्ने सरल थिएन, यूबा बर्गको बिदेश मोह लाइ उठाइएको ले
सबै बर्ग लाइ यस्ले आनन्दित तुल्याउन सकेन
चलतित्र मध्यान्तर अघि पूर्ण मनोरनज्नात्मक बने पनि त्यसपछि
कथा बाचन शैली कठिन हुन गएकोले सोचे जत्तिको खुराक उपलब्ध गराउन सकिएन होला ,
कथा लाइ पूर्ण बिराम लगाउनु पर्ने बाध्यता र थुप्रै पात्रहरू लाइ न्याय गर्नु पर्ने दबाबले चलचित्रले मध्यान्तर पछि केहि लय गुमाउन पुगेकै हो , गीत संगीत पहिलाको तुलनामा उत्कृष्ट हुन सकेन
हास्न मात्रै चाहने दर्शकहरूको तिर्खा पूर्ण रूपमा मेटिएन होला
तर यस्का बावजूद पनि दर्शक हलमा थामिएनन् , कहिलै नओर्लिएको भिड़ ओर्लियो,छक्का पन्जा १ लाइ जस्तै माया दिए
कारण थियो………हामि माथिको दर्शकको अगाध बिश्वास … एकातिर सामाजिक संजाल मा चलचित्र माथि सुनियोजित आक्रमण भैरहेको थियो, कमजोरी ४ वटा थिए तर त्यललाइ ४० वटा बनाइदै थियो तथापि त्यसलाइ बेवास्ता गर्दै दर्शक हल हलमा आइरहेका थिए, हामि संगै रिलीज़ भएको बलिउडको सुपरहिट फ़िल्महरू फुच्चे साबित भए
यो दुर्लभ उपलब्धी मा खुशि छौ, आफ्ना कमि कमजोरी पनि बुझने मौका पायौ भबिष्यमा ति कमि कमजोरीहरू हटाएर अघि बढ्ने प्रण पनि गर्छौ
सहि समिक्षक, दर्शक, पत्रकार शुभ चिन्तक हरू सबै लाइ धन्यबाद
दीपाजी, केदारभाइ जीतू जी शिबहरी दाइ, दीर्घ दाइ, बिपिनजी लगायत सबै टिमलाइ बधाइ छ ….
जय नेपाली सिनेमा………!!!!

Comments