Logo

यी हुन् सर्वाधिक नाफा कमाउने बलिउडका १२ फिल्म

हिन्दी भाषामा डबिङ भएको ‘बाहुबली २’ बलिउडमा सर्वाधिक नाफा कमाउने फिल्म बनेको छ । बलिउड अनलाईन कोईमोई डटकमले २०१७ को बर्षान्तसम्म रहेर सार्वजनिक गरेको तथ्याङ्कलाई आधार मान्दा बाहुबली सिक्वेलले फिल्मको लाईफटाईम कलेक्सन ५ सय ११ करोड ३० लाख रह्यो । ९० करोड लागत परेको यो फिल्मले हिन्दी भाषामा गरेको कमाई कुल लागतको ४ सय ६८ प्रतिशत नाफाको छ ।

यस्तै अक्षयकुमार स्टारर फिल्म ‘ट्वाईलेट एक प्रेम कथा’ले ४ सय ५६ प्रतिशत नाफा कमाएको छ । फिल्मको कुल खर्च २४ करोड मात्रै रहँदा फिल्मले १ सय ३३ करोड ६० लाख कलेक्सन गर्यो । यस्तै तेश्रो नम्बरमा रहेको ‘हिन्दी मेडियम’ फिल्म २२ करोडमा बन्दा यो फिल्मले ६९ करोड विजनेस गर्यो यो बिजनेस प्रतिशतमा २ सय १३ हुन आउँछ ।

चौथो नम्बरमा फिल्म ‘जोल्ली एलएलबी’ छ । यो फिल्मको कुल लागत ४५ करोड थियो, १ सय १७ करोड विजनेस गर्दा ७२ करोड नाफा रह्यो प्रतिशतमा १ सय ६० हुन आउँछ । पाँचौ नम्बरमा ‘बद्रीनाथ की दुल्हनिया’ छ । यो फिल्मको कुल लागत ४५ करोड थियो फिल्मले १ सय १६ करोड विजनेस गर्दा ७१ करोड ६० लाख नाफा सहित १ सय ५९ प्रतिशत फाईदा गरेको छ । यो भीडमा बलिउडका ठुला नाम तीन खान (सलमान खान, शाहरुख खान र आमिर खान) मा आमिर मात्र यो सुचीमा अटाएका छन् ।

यहाँ हेर्नुहोस २०१७ मा रिलिज भई बलिउडमा सर्वाधिक नाफा कमाउने १२ फिल्मः

श्रोतः कोईमोई डटकम

Comments