Logo

लिलिबिली: रेविका आउट प्रियंका इन, प्रदिपसँग जोडी कति फिट ?

सम्पुर्ण छायाँकन युरोपमा हुन लागेको फिल्म ‘लिलिबिली’ले नयाँ मोड लिएको छ । दुई महिना पहिले जस्तो काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्देशक मिलन चाम्सले यो फिल्म निर्माणको घोषणा गरे जहाँ ‘प्रेमगीत’ हिरो प्रदिप खड्का लिड रोलमा रहने र उनले लिएको पारिश्रमिकको कुरा अनि वडिगार्डको चर्चाले लामै समय सिने नगरी गर्मायो ।

उक्त समयमा प्रदिपसँग दुई नव अभिनेत्री रेविका गुरुङ र जसिता गुरुङले रोमान्स गर्ने घोषणा गरिएको थियो । अब भने फिल्ममा रेविका नरहने पक्का पक्की भएको छ । फिल्मबाट रेविका आउट हुँदा अभिनेत्री प्रियंका कार्की इन भएकी छिन् । प्रियंका यसैपनि निर्देशक चाम्सकी प्रिय पात्रमा गनिन्छिन् ।

लण्डनको लागी बारबार भिषा आवेदन हुँदा रेविकालाई ब्रिटिस एम्वेसीले रिजेक्ट गर्यो, कालान्तरमा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता प्रदिपसँग अनस्कृन रोमान्स गर्ने उनको सपना अधुरो रह्यो । निर्माण टिमले रेविका अस्वस्थ रहेको कारण पनि देखाएको छ ।

फिल्म ‘हेप्पी डेईज’को प्रिमियरको लागी चाम्ससँगै अभिनेता प्रदिप खड्का, प्रियंका कार्की यतिबेला लण्डनमा नै छन् । रेविका लण्डन पुग्ने संभावना नरहेपछि चाम्सले प्रियंका अनुबन्ध गरेका हुन् । हामीसँगको कुराकानीमा चाम्सले प्रियंका ईन भएको कुरालाई कन्फर्म बोले । अर्की नव अभिनेत्री जसिता गुरुङ भने पहिलेदेखि नै लण्डन बस्दै आएकी छिन् ।

कस्तो जम्ला प्रियंकासँग प्रदिपको जोडी ?

प्रदिप खड्का चकलेटी फेस भएका अभिनेतामा पर्छन् । ‘स्केप’ डेब्यू हिरोले पहिलो फिल्मबाट सफलता नपाए पनि दोश्रो फिल्म ‘प्रेमगीत’बाट ‘वाहि वाहि’ भेटे । प्रेमगीत सिक्वेलले पनि राम्रो बिजनेस गर्यो । यतिबेला उनको फ्यान फ्लोईङ ह्वात्तै बढेको छ । उनलाई पछिल्लो पुस्ताका नव उदयिमान धेरै हिरोईनहरुसँग जोडी सुहाउँने चर्चा चल्छ ।

प्रेमगीत मा पूजा शर्मासँग जोडी बाँध्दा फिल्म हिट भएपनि जोडी फिट नभएको चर्चा चल्यो । धेरैले आलोचना पनि गरे । कतिले त ‘दिदी भाई’को ट्याग पनि भिराए । यो पटक पनि यदि रेविकाको स्थान लिएकी प्रियंकाकै अपोजिटमा प्रदिप रहे भने यो प्रकारको कमेन्ट पुनः दोहिरिनेमा शंका छैन् । जुन कुरा अहिले अनुमान लगाउने भन्दा पनि स्कृप्टमा निर्भर हुनेछ । निर्देशक चाम्सले प्रदिप र प्रियंकालाई ‘लिलिबिली’ स्कृप्टमा कुन रुपमा ढाल्छन् कसरी जमाउँछन् त्यसको लागी केहि समय पर्खिनुको विकल्प छैन् ।

Comments