Logo

ब्लड क्यान्सर पीडीत बालिका बचाउ अभियानमा सञ्चिता

‘आफ्नो लागी जो पनि आफैं जीउँन सक्छ, जीन्दगीमा अरुको लागी केहि गर्नसक्नु नै महानता भनिन्छ।’ यस्तै भावना बोकेर मनकारी अभियानमा लागेकी छिन् अभिनेत्री सञ्चिता लुईंटेल । ब्लड क्यान्सर पीडीत सिन्धुली मरिण गाउँपालिका निवासी ९ बर्षिय बालिका तारा खत्रीको जीवन बचाउँ अभियानका लागी सञ्चिताले हात अघि बढाएकी हुन् ।

सिभिल अस्पताल बानेश्वरमा उपचाररत बालिकालाई सञ्चिताले शनिबार अस्पतालको शैयामा भेटेकी थिईन् । त्यसपछि आफ्नो तर्फबाट केहि रकम सहयोग गरेको बोलेकी सञ्चिताले ताराको जीवन रक्षाको लागी सबैमाझ अपिल गरेकी छिन् । फिल्मीनेपालसँगको कुरकानीमा उनले आर्थिक अभावकै कारण ताराले ज्यान गुमान नपरोस् भन्दै यो अभियानमा सबैलाई साथ दिन आग्रह गरिन् ।

आर्थिक अबस्था कमजोर भएको परिवारकी ताराको उपचारलाई १५ लाख बराबर खर्च लाग्ने अस्पताल श्रोतलाई उधृत गर्दै सञ्चिताले बताइन् । यतिबेला सञ्चिताकै पहलमा टुरिज्म डेभलपमेन्ट बैंकमा तारा खत्रीको बचाउको लागी उनकै नाममा खाता सुचारु गरिएको छ । सञ्चिताले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस समेत लेख्दै आफुसँग जोडिनुभएका सबै आफन्त ,फिल्मकर्मी, साथी लगायत आफुलाई माया गर्ने सबैमा सहयोगको अपिल गरेकी छिन् ।

(तपाईं पनि तारा खत्रीको जीवन रक्षाको लागी सहयोग गर्न चाहनुहुन्छ भने Tourism Devlopment Bank मा Tara Khatri को नाममा रहेको खाता नम्बर 010000013209 मा रकम जम्मा गर्नसक्नुहुनेछ )

Comments