Logo

‘कान्छी’ सँग ‘कृ भिड्न आएपछि बाहिर आयो श्वेताको गम्भिर स्टेटमेन्ट

दुई दिन पहिले मात्रै अनमोल केसी स्टारर यो बर्षकै प्रतिक्षित मानिएको फिल्म ‘कृ’को प्रदर्शन मिति तय भयो । फिल्म माघ २६ मा रिलिज कन्फर्म हुँदा यसको प्रतिस्पर्धा श्वेता खड्का र दयाहाङ राई स्टारर फिल्म ‘कान्छी’सँग निश्चित भयो ।

प्रतिक्षित मानिएका दुबै फिल्मले एकै मितिमा रिलिज तय गरेपछि यतिबेला सिने नगरीमा यो कुरा चर्चामा छ ट्रेण्डिङमा छ । फिल्म पण्डितहरु ‘कान्छी’ सर्छ भन्ने भविष्यवाणी गर्दैछन् । ‘कृ’ को निर्णयले दर्शक तथा सम्बन्धित स्टारका फ्यानलाई समेत निराश बनाएको तथा विभाजित बनाएको चर्चा गाईंगुईं चलिरहेको छ ।

यो बीचमा अभिनेत्री श्वेता खड्काले गम्भिर स्टाटस लेखेकी छिन् । ‘कृ’ निर्माता सुबास गिरीले फेसबुकमा लेखेर ‘कृ’ रिलिज तय गरेको कुरालाई अपुष्ट मानेकी श्वेताले ‘दुई फिल्म एकसाथ लाग्नुले एक अर्कामा प्रतिद्वन्द्वी जस्तै बनाएको चर्चा सुरु भएको भन्दै जुन कुराले दर्शकदिर्घामा समेत नैराश्यता सृजना गरेको अनुभुत गरेकी छु’ लेखेकी छिन् ।

दुई बर्ष लामो विश्रामपछि आफुले ‘कान्छी’ बनाएको भन्दै आफुलाई माया गर्ने शुभचिन्तक तथा फ्यानहरुबाट बारबार दुई फिल्म एकसाथ नभिडाउनु भन्ने सन्देश आईरहेको उनको भनाई छ । ‘हुनत फिल्मी क्षेत्र आँफैमा ब्यवसायिक क्षेत्र भएकोले यसमा नाफा घाटाको बिषय पनि प्रमुख भएर आउँछ, कसलाई घाटामा लाने र कसलाई नाफामा लाने भन्ने अन्तिम निर्णय भगवान सरह दर्शक दिर्घाकै हातमा छ तर नाफाघाटाको विषयलाई एउटा कुनामा पन्छाएर दर्शकदिर्घाको चाहनालाई मनन गर्ने हो भने यि दुई बहुप्रतिक्षित सिनेमा एकैसाथ नआओस भन्ने एथेस्ट प्रतिकृयाहरु पाएको छु ।’ उनले लेखेकी छिन् ।

श्वेताको यो प्रकारको स्टाटसले अब करिब करिब दुई फिल्म एकसाथ नभिड्ने कन्फर्म जस्तै देखिएको छ । चलचित्र निर्माताहरुको छाता संगठन निर्माता संघका अध्यक्ष समेत रहेका ‘कान्छी’ निर्देशक आकाश अधिकारीले भने यो विषयमा कुनै प्रतिक्रिया बाहिर ल्याएका छैनन् भने ‘कान्छी’ले सुरुमा तोकेकै मिति तय गरेको ‘कृ’ निर्माण टिमले पनि रिलिज तोक्नुबाहेक श्वेताको फिल्मको बारेमा कुनै कुरा बोलेको छैन् ।

यो पनि पढ्नुहोसः

अनमोलको ‘कृ’ फाइनल रिलिज तय, दयाहाङसँग भिडन्त पक्का

पढ्नुहोस श्वेताको पुर्ण स्टाटसः

Comments