‘फाटेको जुत्ता’ निर्मातालाई प्रियंकाको ‘सलाम’, दिईन कडा जवाफ
बिहिबार मात्रै आएक कार्यक्रम गरी ‘फाटेको जुत्ता’ फिल्मको सिक्वेल घोषणा गर्दै गर्दा निर्माता अर्जुनकुमार अभिनेत्री प्रियंका कार्कीप्रति रुष्ट देखिएका थिए । फिल्मको प्रमोशनमा कलाकार भन्दा निर्माता बढि हिड्नुपरेको मर्म उनलाई थियो नै, रिलिजको समयमा निर्मातासँग सम्पर्कमा सम्म प्रियंका नआएको कुराले उनलाई थप पीडा दिएको थियो । अझ प्रियंका त यो फिल्म रिलिजको छेकोमा अर्को फिल्मको छायाँकनदेखि भारत भ्रमणमा सम्म पुगेकी थिईन् ।
जसकै कारण ‘फाटेको जुत्ता २’ घोषणा गर्दै उक्त फिल्ममा प्रियंका बाहेक सबै कलाकार दोहोरिने सम्म निर्माताले घोषणा गरिसक्दा प्रियंकाले भने निर्मातालाई ‘सलाम’ बोलेकी छिन् । उनले ईच्छा नलागेर र फाईदा नहोला भनेर प्रचारमा नहिँडेको भन्दै ‘सत्रुगते’ फिल्मको सुटिङमा रहँदा निर्माण टिम सँगसँगै हुन नसकेको दाबी गरिन् ।
सामाजिक सञ्जालमा तथा मिडियामा समेत कसैको आग्रह बीना नै आफुले सक्दो प्रचार प्रसार गरेको भन्दै उनले घुमाउरो पाराले निर्माताको आरोपलाई ‘मित्था’ बोलिन् । धेरै मेहनत गरेर काम गर्ने मान्छे भन्दै अर्जुनकुमारसँग कुनै गुनासो समेत नरहेको प्रियंकाले मिडियामाझ बताईन्।
गलत साबित गर्दा त्यसको ‘डिफेन्स’ लिन बच्चादेखि बाबाले सिकाएको र सधैं लिने भन्दै उनले ‘फाटेको जुत्ता’ निर्माता अर्जुनकुमारलाई व्यङ्ग्य हानिन् । प्रफुल्लिल मुद्रामा देखिएकी प्रियंकाका हरेक कुरा जोक जस्तै गरी अर्जुनकुमार प्रति ईङ्गित थिए । अन्त्यमा उनले ‘फाटेको जुत्ता’लाइ हिजो, आज र भोली पनि सपोर्ट रहने भन्दै सिक्वेललाई शुभकामना पनि दिन भ्याईन् ।