Logo

टिजर र पोस्टरमा यस्तो छ बोक्सी प्रथा विरुद्धको ‘अग्निदहन’

२१ औं शताब्दी मा आईसक्दा पनि नेपालका केहि समुदायमा विद्धमान बोक्सी प्रथा विरुद्धको आवाज उठाउँदै बनाईएको फिल्म ‘अग्नि दहन’को पहिलो पोस्टर तथा टिजर रिलिज भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले टिजर र पोस्टर रिलिज गरेको हो ।

‘बोक्सी’ प्रथाको कथामा बन्यो ‘अग्निदहन’, पहिलो पोस्टर रिलिज 

सार्वजनिक पोस्टर तथा टिजरमा बोक्सी प्रथा विरुद्धका सन्देशहरु जोडिएका छन् । टिजरले पनि सोहि प्रकारको संकेत गर्छ । एक गाउँमा बोक्सीको नाममा महिलामाथी गरिएको दमनको कथा टिजरमा जोडिएको छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा बनेको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सामाजिक अभिनायात्मक कथा बोल्ने फिल्म बनाउँदै आएका उनले यसअघि ‘धौली’ नामको सामाजिक फिल्म बनाएका थिए ।

कोविन्द शरण उपाध्यायको प्रस्तुति रहेको फिल्ममा कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोविद शरण उपाध्यायको हो । अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुड, तुलसा क्षेत्री, प्रकाश घिमिरे लगायतका कलाकारहरूले यो फिल्ममा अभिनय गरेका छन् ।

 

Comments