Logo

‘फाटेको जुत्ता’ चल्नुका पाँच कारण

गत हप्ता रिलिज फिल्म ‘फाटेको जुत्ता’ले ईनिसियल रुपमा राम्रो विजनेस गर्यो । मल्टिप्लेक्समा बुधबारसम्म पनि दर्शकको राम्रो साथ छ । निर्माता अर्जुनकुमार फिल्मले लगानी सुरक्षित गरिसकेको बताउँछन् ।

रिलिजको पहिलो चार दिनमा फिल्मले डेढ करोड माथीको ग्रस विजनेस गरिसकेको छ । अर्जुनकुमारले बनाउने प्रायः फिल्ममा अन्य मेकरको तुलनामा लगानी कम हुन्छ जसका कारण नेपाल रिलिज अनि विदेश प्रदर्शनीले निर्माताको हातमा नाफाको रकम पर्नेमा शंका छैन् ।

तर यो फिल्मले समिक्षकबाट राम्रो प्रतिक्रिया पाएन् । सञ्चारकर्मी तथा समिक्षकको आँखामा उत्कृष्ट बन्न नसकेको निकेश खड्का निर्देशित फिल्मलाई दर्शकले पत्याए । पहिलो शनिबार अर्थात रिलिजको दोश्रो दिन प्रायः सबैजसो हलमा हाउसफूल बनेको फिल्मलाई अहिले पनि मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्सले सात शोज प्रदान गरिरहेको छ भने बिग मुभिजमा ६ शो फिल्म पाईरहेको छ । दर्शकले राम्रै साथ दिइरहेका छन् ।

यहाँ हामी ‘फाटेको जुत्ता’ खोज्दै दर्शक हलसम्म पुग्नु पछाडिका पाँच कारण खोतल्दै छौं ।

सांगितिक पक्ष बलियोः
ट्रेलर रिलिज पहिले नै बाहिर आएको ‘आईएम भेरी सरी’ बोलको गीतले फिल्मलाई ठुलो राहत प्रदान गर्यो । कार्तिक १७ मा यो फिल्म रिलिजसम्म उक्त गीत भाइरल जस्तै बनिसकेको थियो । संगीतकार समेत रहेका निर्माता अर्जुनकुमारले फिल्ममा गीत संगीत कमजोर हुन दिएनन् । अहिले पनि धेरै दर्शक श्रोताको मनमा उक्त गीत गुञ्जिईरहेको पाईन्छ । अर्को ‘चोली’ बोलको गीतले पनि राम्रै हाईप थप्यो । सांगितिक रुपमा सशक्त अन्य फिल्मको विजनेसमा प्लस भएजस्तै यो फिल्मलाई पनि दर्शकले प्रतिक्षामा राखे हलसम्म पुगे ।

फेस भ्याल्यूः
स्टारकास्टको उपस्थितीले जुनसुकै फिल्मको पनि ईनिसियल विजनेसमा महत्व राख्छ । यो फिल्मलाई दर्शक साथ मिल्नुको अर्को पक्ष ‘फेस भ्याल्यू’ पनि हो । फिल्ममा नाम चलेका अनि अभिनयमा अब्बल मानिने अनुहारहरु लिड अभिनयमा छन् । सौगात मल्ल, प्रियंका कार्कीको उपस्थितीमा अभिनयमा निखार पेश गर्ने रविन्द्र झा र कामेश्वर चौरासियाको अभिनय रहनुले ‘फाटेको जुत्ता’लाई थप प्लस गर्यो । भने अतिथी भुमिकामा देखिएका दयाहाङ राई र बर्षा राउतको उपस्थितीलाई निर्माण टिमले लिड नै भनेर प्रचार गरेपछि अझ चर्चा थपियो दर्शकमा उत्सुकता पनि ।

प्रचार शैलीः
यो पटक निर्माता अर्जुनकुमार आफ्ना पुराना फिल्मको परम्परागत प्रचार शैलीबाट केहि माथी उठे । फिल्मको नाम नै फाटेको जुत्ता रहँदा दर्शकमा नयाँ जुत्ता दिने अफर ल्याएनन् मात्रै नाम कहलिएका एसपी रमेश खरेल सहितका उच्च दर्जाका व्याक्तिहरुमाझ सम्म पुगे जुत्ता बोकेर । कलाकारले मेरो फिल्म हेरिदिन आउनु भन्नुभन्दा बढि पब्लिसिटी स्टाटेजी निर्माता अर्जुनकुमारले नै अपनाए । सामाजिक सञ्जाल तथा मिडियामा चिसिँदो मौसममा न्यानो जुत्ता बाँड्दै उनि अघि मात्र बढेनन् फेसबुकमा फाटेको जुत्ता लगाएर तश्विर ट्याग गर्नेलाई घरमै पुर्याउने ब्यवस्था समेत गरे ।

निर्माण ब्यानरः

अर्जुनकुमार फिल्मस् प्रोडक्सन नेपाली फिल्म उद्योगको लागी स्थापित ब्यानर हो । यो ब्यानरबाट अर्जुनकुमारले भिन्न भिन्न समयमा फरक स्वाद पस्किने फिल्म दिँदै आएका छन् । केहि फ्लप अनि दर्शक झुक्काएका आरोप लाग्ने फिल्म बिर्सिने हो भने यो ब्यानरबाट बन्ने फिल्मले दर्शकलाई ठाडो अन्याय गरेको पाईंदैन् । केहि हदसम्म मन जित्दै आएका छन् । दर्शकको लागी ‘फाटेको जुत्ता’ पनि यसैको निरन्तरता बन्यो ।

ट्रेलरः
माथी उल्लेख गरिएको गीत संगीत बलियो भने झैं फिल्मको विजनेसमा ट्रेलरले राम्रै अर्थ राख्छ । ट्रेलरलाई फिल्मप्रति दर्शक आकर्षणको मुख्य हतियार मानिन्छ । जुनकुरामा ‘फाटेको जुत्ता’ पनि सफल बन्यो । कमेडी जनराको फिल्मको ट्रेलरमा समावेश केहि ‘पञ्च लाईन’ तथा डायलगहरु सामाजिक सञ्जालमा राम्रै चर्चामा रहे । रिलिज पहिले युट्युवमा मात्रै १२ लाख बराबरले हेरेको ट्रेलरमा अधिकांश कमेन्ट सकारात्मक थिए, दर्शकले ‘अवेटेड फिल्म’ सम्म लेखेका थिए ।

Comments