Logo

‘टाईगर जिन्दा है’ ट्रेलरले राख्यो बलिउडमा नयाँ किर्तिमान

बलिउडमा बर्ष २०१७ को लागी सर्वाधिक प्रतिक्षित बनेको फिल्म ‘टाईगर जिन्दा है’को ट्रेलरले नै किर्तिमानी कायम गरेको छ । यो फिल्मको ट्रेलरले रिलिजको २४ घण्टा नपुग्दै ‘२६ मिलियन भ्यूज’ मा नयाँ रेकर्ड कायम गरेको हो ।

tiger zinda hai trailerको लागि तस्बिर परिणाम

वलिउडमा कुनै पनि फिल्मको ट्रेलर यति धेरै पटक हेरिएको पहिलो पटक हो । फेसबुक र युट्युवमा दर्शकले यो फिल्मको ट्रेलरलाई अन्य कुनै पनि फिल्म भन्दा बढि पटक हेरेका छन् । यो समाचार तयार पार्दासम्म सलमान खान र कट्रिना कैफ स्टारर फिल्मको ट्रेलर युट्युवमा मात्रै १ करोड ७० लाख पटक हेरिएको छ ।

tiger zinda hai trailerको लागि तस्बिर परिणाम

यसअघि अजय देवगान स्टारर हाल प्रदर्शनरत फिल्म ‘गोलमाल अगेन’को ट्रेलरको सर्वाधिक हेरिएकोमा ४८ घण्टामा ३० मिलियन भ्यूजको रेकर्ड वलिउडमा कायम थियो । यो भनेको २४ घण्टामा १५ मिलियन मात्रै भ्यूज हो ।

क्रिशमसमा अर्थात आउँदो डिसेम्बर २२ मा प्रदर्शनमा आउने यो फिल्मलाई अलि अब्बास जफारले निर्देशन गरेका छन् । २०१२ मा रिलिज ‘एक था टाईगर’को सिक्वेलको रुपमा बनेको फिल्मको रिलिजपछिको वक्सअफिस कलेक्सनलाई लिएर अहिले नै बलिउडमा अड्कलबाजी सुरु भएको छ । नेपाली युट्युव ट्रेण्डिङमा पनि यो फिल्मको ट्रेलरले पहिलो स्थान कब्जा गरेको छ ।

https://youtu.be/ePO5M5DE01I

Comments