राजेशपायलको मुटुमा रेखा थापा !
गत बर्ष ‘भ्यालेन्टाईन डे’को दिन सिनेवृत्तमा चर्चा चल्यो अभिनेत्री रेखा थापा र गायक राजेश पायल राईको प्रेमको। अनि त्यसपछिको ‘अप्रिल फू डे’ मा पनि आफुलाई ‘मेन स्ट्रिम’ दाबी गर्ने केहि मिडियाले यो विषयमा समाचार लेखे धेरै पाठकलाई झुकक्याए । तर प्रेम चर्चा जे जति होओस् रेखा र राजेशपायल राम्रो साथी थिए, राम्रो साथी छन् ।
धेरै पहिलेदेखिका साथी यी दुईबीचको ‘क्लोजनेस’ हेर्ने हो भने साँच्चिकै प्रेममा छन् कि भन्ने भान देख्नेहरु जो कोहिलाई पर्नसक्छ । हो सामाजिक सञ्जालका खुल्ला पोष्टमा पनि मित्रताको सोहि प्रकारको प्रेम राजेशपायलले दर्शाएका छन् ।
पछिल्लो केहि बर्षयता संसारमा सर्वाधिक प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक हो । यो सोसियल मिडियाबाट कमै मात्र बाहिर छन् भनिन्छ । हो यहि फेसबुकको मुटु भनेको उसको परिचय बोल्ने प्रोफाईल तश्विर हो । जहाँ राजेशपायलले अहिले रेखा थापाको अनुहार झल्किने तश्विर राखिरहेका छन् ।
उल्लेखित तश्विरमा पनि तपाईंले राईको प्रोफाईलमा रेखालाई भेट्न सक्नुहुन्छ । हुन त गत कार्तिक २ मा रिलिज भएको रेखा थापाको फिल्म ‘रुद्रप्रिया’को प्रचारमा साथ होओस् भनेर राईले उक्त फिल्मको पोस्टर राखेका हुन् यो भन्दा पक्कै फरक नपर्ला । रआईको फेसबुकको फिचरमा पनि रेखासँगको तश्विर छुटाएका छैनन् ।
तर फिल्म रिलिज भएर अधिकांश हलबाट उत्रिसक्दा पनि राईको प्रोफाईबाट भने रेखाको अनुहार उत्रेको छैन् । राईले रेखाप्रति देखाएको सद्भाव हो कि साँच्चिकै मनदेखिको प्रेम हो त ? उनको फेसबुक वाललाई नियाल्ने फ्यानहरु तथा सुभचिन्तकहरुमा यस्तै गाईंगुईं चल्न थालेको छ ।