Logo

कोमललाई एमालेको अर्को ललिपप, अन्ततः उम्मेदवारी फिर्ता

एमाले पार्टीको टिकट आश्वासनमा गत महिना राप्रपा छाडेर पार्टी प्रवेश गरेकी गायिका कोमल ओलीले प्रतिनिधी सभाको चुनावी माहोल सुरु हुँदै गर्दा आधिकारिक टिकट पाईनन् । त्यसपछि एमालेले टिकट नदिएको झोकमा दाङ क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दिईन् । केहि दिन उनको चर्चा परिचर्चा चुलियो ।

अन्ततः कोमलले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । आईतबार उम्मेदवारी फिर्ताको दिन तोकिँदै गर्दा मध्यान्हतिर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले पार्टीका शिर्ष नेताहरुसँगको छलफलपछि बाम गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने भन्दै उमेद्वारी फिर्ता लिएको बताएकी छिन् ।

कोमललाई एमालेले पुनः नयाँ ललिपप देखाएको छ । पार्टी प्रवेशमा चुनावको लागी टिकट दिने सर्त राखिएपनि अन्ततः कार्यान्वयन नभएपछि झोक्कीएकी कोमललाई पार्टीमा सम्मानित रुपमा केहि ‘स्टेप’ माथीको दर्जा दिने ललिपप एमाले शिर्ष नेताहरुले देखाएको श्रोत बताउँछ । यो विषयमा बुझ्न खोज्दा उनिसँग सम्पर्क हुन सकेन् ।

एक समय राजावादी र हिन्दुत्वको नारा लगाएर चर्चामा आएकी कोमल केहि महिना पहिले राप्रपा प्रवेश गरेकी थिईन् । त्यसपछि राप्रपाको केन्द्रिय सदस्यमा लोकप्रिय मत ल्याएर चुनाव पनि जितिन् । त्यसपश्चात आफुलाई विश्वास गरेर मत दिने अनि संभावना देखेका कार्यकर्ताहरुको मतलाई लत्याउँदै उनि एक्कासी कुनै पनि एङ्गलबाट विचार नमिल्ने मार्क्सवादी विचारको एमाले प्रवेश गरेकी थिईन् । एक समय सकारात्मक पक्षको चर्चामा रहेकी कोमल एमाले प्रवेशसँगै पछिल्लो पटक आलोचनाको पात्र बनिरहेकी छिन् ।

Comments