Logo

यस्तो छ ‘फाटेको जुत्ता’ ओपनिङ विजनेस

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फाटेको जुत्ता’ले सुखद ओपनिङ गरेको छ । मल्टिप्लेक्सका अधिकांश पर्दा रिलिजपहिले नै हाउसफूल पाएको फिल्मले रिलिजको दिन मल्टिप्लेक्स तथा सिंगल स्कृन सबैतिर दर्शकको राम्रो साथ पायो । शुक्रबारको विजनेसलाई निर्माण टिमले उत्साहित बोलेको छ ।

शुक्रबार ‘बिहानी शो’ मा भन्दा ‘दिवा शो’ मा दर्शकको चाप बढि देखिएको थियो । सिभिल मल, लाबिङ मल लगायतका धेरै पर्दा हाउसफूल पनि बने । बिग मुभिज, एफक्यूवमा पाईएको दर्शकको उपस्थितीलाई पनि निर्माता अर्जुनकुमारले उत्कृष्ट भनेका छन् ।

राजधानी भन्दा मोफसलमा सिंगल स्कृनमा फिल्मलाई धेरै दर्शकले हेरेका छन् । राजधानीको भन्दा मोफसलका सिंगल स्कृनमा दर्शकको चाप बढि पाईएको निर्माण टिम तथा वितरण कम्पनिले बताएको छ । एभरेजमा फिल्मको पहिलो दिनको अकुपेन्सी मल्टिप्लेक्समा ७० प्रतिशत रह्यो भने सिंगल स्कृनमा ५५ प्रतिशत आसपास पाइएको छ । पहिलो दिनको विजनेस रिपोर्ट भने शनिबार मात्र उपलब्ध हुनेछ ।

निकेश खड्का निर्देशित फिल्मले शुक्रबार बिहान राजधानीमा गरिएको ‘प्रेस शो’मा मिडियाकर्मीबाट मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मले उठाएको विषयलाई मन पराएका दर्शकले निर्देशकिय पाटोमा केहि खोट देखाएका छन । सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा, कामेश्वर चौरासियासँगै बर्षा राउत र दयाहाङ राईलाई फिल्ममा अतिथी भुमिकामा देख्न सकिन्छ । निर्देशक खड्काले आफ्नो फिल्मलाई दिमाग लगाएर हेर्ने फिल्म नभई मनोरञ्जनको लागी सोहि प्रकारको नजरले हेर्न दर्शकलाई आग्रह गरेका छन् ।

Comments