जनवरीमा कपिल शर्माको बिहे !
भारतिय भेट्रान कमेडियन कपिल शर्माको बिहेको मिति तय भएको भारतिय मिडियाहरुले दाबी गरेका छन् । पछिल्लो समय उनि टेलिभिजन शो ‘दि कपिल शर्मा’को नयाँ सिजनको तयारीमा छन् सँगसँगै रिलिजको छेकोमा रहेको फिल्म ‘फिरंगी’को प्रचार प्रसारमा पनि ।
यो बीचमा सोमबार एक मन्दिरमा प्रेमिका गिन्नी चतरथका साथ भेटिएका कपिलले बिहेको तयारी समेत गरिरहेको वलिउड मिडियाहरुको दाबी छ । बलिउड हंगामा डटकमले लेखेअनुसार कपिलले आउँदो बर्ष २०१८ को पहिलो महिना अर्थात जनवरीमा बिहेको तयारी गरिरहेका छन् ।
बिहेको लागी कपिर र गिन्नी दुबैको परिवारबाट दबाब बढेपछि यो जोडी अन्ततः लगनगाँठो कस्ने मनस्थितीमा पुगेको बताईएको छ । तर कपिलले भने यो विषयमा मुख खोलेका छैनन् । यसअघि नै गिन्नीले बिहेको लागी तयारी गर्ने कुरा गर्दैगर्द कपिलले पहिले स्वास्थ्यमा सुधार ल्याउने र मदिरा सेवन बन्द गर्ने बताएका थिए । अब कपिलले स्वास्थ्यगत रुपमा पुर्णतः फिट भईसकेको र भित्रभित्रै बिहेको लागी तयारी गरिरहेको समेत समाचारमा उल्लेख छ ।