पुष महिनामै बिहेको तयारीमा ऋचा र अर्पण !
नेपाली पर्दामा जमेको जोडी हो अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माको । पछिल्ला केहि फिल्ममा यो जोडी सँगसँगै देखिँदै आएको छ त आउँदा ‘चक्कर’, ‘फिर्के’ लगायतका फिल्ममा पनि यो जोडी एकसाथ देखिँदैछ । ‘फिर्के’को बुधबार मात्र ट्रेलर रिलिज गरियो।
ट्रेलरको क्लाइमेक्स तिर देखिएकी ऋचासँग अर्पणले पौष मै बिहेको कुरा अगाडी बढाएका छन् । जहाँ अर्का कलाकार ए गुरुङले ‘पौषमा पनि बिहे हुन्छ र ?’ भन्ने प्रश्न गर्छन् । परम्परागत रुपमा नेपालमा पौष महिनामा बिहे गरिँदैन् । ट्रेलरमा प्रेम र कमेडी सिक्वेन्सलाई जोडिएको छ ।
रबि डंगोलले निर्देशन गरेको फिल्ममा सुलेमान शंकर इकु र क्रिष्टी पौडेल पनि लिड रोलमा छन् । आगामी पौष १४ मा फिल्म रिलिज हुनेछ ।