लगातार फिल्ममा किन बेहुली बन्दैछिन् रेखा ?
निर्माता छबिराज ओझासँगको वैवाहिक सम्बन्धमा पुर्णविराम लगाएपछि अभिनेत्री रेखा थापा अहिले सिंगल छिन् । कोहि कसैसँग प्रेममा रहेको चर्चा पनि उनको पाईंदैन् । तर फिल्मको पर्दामा भने उनि लगातार जस्तो बेहुली बन्न थालेकी छिन् । जसको पछिल्लो उदाहरण हो फिल्म ‘रुद्रप्रिया’मा समावेश बाहिरिएको रेखाको बेहुली लुक्स ।
पछिल्लो रिलिज फिल्म ‘रुद्रप्रिया’मा रेखालाई अभिनेता आर्यन सिग्देलको पत्नि बनेको अवस्थामा देख्न सकिन्छ । जहाँ आर्यनको हातको सिंदुर रेखाको सिउँदोमा पर्दा उनलाई बेहुलीको भेषमा भेटिन्छ । त्यसो त रिलिजको तयारीमा रहेको अर्को फिल्म ‘हिरो रिटर्न्स’मा पनि रेखा अभिनेता दिलकुमार श्रेष्ठको बेहुली बनेकी छिन् भने केहि महिना पहिले रिलिज फिल्म ‘पलाँस’मा पनि उनि बेहुली बनेकी थिईन् ।
पछिल्ला केहि फिल्म हेर्दा उनी लगातार उल्लेखित भेषमा प्रस्तुत हुँदा रेखालाई रियलमा नै बेहुली बन्ने सोख पुनः जागेको त होईन् ? अनि त्यसैको परिपुर्तीको लागी उनले पर्दामा सोख पुरा गरेकी त होईनन् सिने वृत्तमा गाईंगुईं सुरु हुन थालेको छ ।
त्यसो त रेखाले आफु हिरोईन नभई हिरो नै हुँ बोल्दै आएकी छिन्, रेखा अभिनयमा हुने फिल्ममा प्रायः अभिनेता छायाँमा पर्छन् । त्यसैले त उनले अभिनेत्रीबाट राम्रै स्टारडम पछिल्लो केहि बर्षयता बढाउँदै गएकी थिईन् ।
उनले खेल्ने फिल्ममा स्कृप्ट पनि आफुले चाहँदा परिमार्जन गर्छिन् भनिन्छ, जसले रेखाकै कारण स्कृप्ट परिमार्जित हुँदै उनि बेहुली बन्दै आईन् अथवा उनका पछिल्ला सबै फिल्मका कथाले रेखालाई बेहुली मागे, त्यो प्रश्न भने गौण छ ।