यूरोपमा गौरव र पवित्राको ‘होलिडे’ !
निर्देशक बसन्त निरौलाले आफ्नो नयाँ फिल्म ‘होलिडे’ यूरोपका बिभिन्न मुलुकमा छायांकन गरेका छन् । ‘कमेडी ड्रामा’ जनरामा बनेको ‘होलिडे’मा गौरव पहारी, पवित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्ममा पहिलो पटक अभिनेत्री आचार्यले सोलो अभिनय गरेकी छन् ।
फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका मुलुकमा छायांकन गरी कलाकारहरुको टीम नेपाल फर्किसकेको छ भने निर्माण टिम भने केहि दिनमा फर्किने निर्देशक निरौलाले बताए । निर्देशक सहित नौ जनाको टीम चलचित्र छायांकनको लागी चालिस दिन अगाडी यूरोप पुगेको थियो । यूरोपमा छायांकनको व्यवस्थापन श्याम श्रेष्ठले गरेका थिए ।
बि.एन. फिल्मसको ब्यानरमा बनेको यो फिल्मका निर्मातामा मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की छन् भने दिनेश कालिराज कार्यकारी निर्माता हुन् । फिल्मलाई अभिमन्यू निरबीले लेखेका हुन् । युवराज चौलागाईं र अमीत श्रेष्ठले संगीत भरेका छन् ।