सकियो ऋचा र अर्पणको चक्कर !
नेशनल मिडिया प्रोडक्शनको व्यानरमा बनेको फिल्म ‘चक्कर’को ईण्डक्ल्याप भएको छ । फिल्ममा समावेश ‘विहानीको किरणसँगै रातको मात पनि’ बोलको पार्टी गीत खिचेसँगै पश्चात फिल्मको सम्पुर्ण छायाँकन सकिएको हो ।
अन्य दृश्यहरु भने यसअघि नै खिचिसकिएको छ । फिल्मको सम्पादनको काम यतिबेला अन्तिम चरणमा पुगिसकेको निर्देशक अनुष्क रौनियारले बताए । यसअघि ‘ककटेल’ नामको फिल्म निर्देशन गरेका रौनियार पछिल्लो समय नेपाली फिल्म उद्योगमा भित्रिएका निर्देशकहरुको सुचीमा सम्भावनावान निर्देशकमा गनिन्छन् । उनले भारतको पुणे सिम्वाईसीसबाट फिल्म मेकिङमा ग्रायजुएट गरिसकेका छन् ।
यो फिल्ममा एवनराज उप्रेती, अर्पण थापा, ऋचा शर्मा, भोलाराज सापकोटा, सृजना सुब्बा, स्मृति पोखरेल र सुन्दर श्रेष्ठ लगायत लिड अभिनयमा छन् । फिल्मलाई रविन आचार्यले छायाँकन गरेका हुन्। पछिल्लो फिल्म ‘डाईङ क्याण्डल’बाट अवार्ड थाप्नमा व्यस्त आचार्यले ओस्कार कलेजबाट सिनेमाटोग्राफीमा ग्रायजुएट गरिसकेका छन् ।आउँदो बर्ष २०७५ को बैशाखमा रिलिज तार्गेट गरिएको फिल्मको केहि दिनमा नै फर्स्टलुक सार्वजनिक गर्ने तयारी भईरहेको निर्माता समेत रहेका सिनेमाटोग्राफर आचार्यले बताए । फिल्ममा पाँच गीत समावेश छन् जहाँ संगीत संगम पन्त र नितेशजंग कुवंरको छ ।
फिल्ममा उल्लेखित ६ जना पात्र नै मुख्य भुमिकामा रहँदा उनिहरु सबैको वैवाहिक सम्बन्धपछिको प्रेम कहानी फिल्मले बोल्छ ।