प्रेममा नेपाली सेलेब्स, कसको मायामा को ?
भनिन्छ, माया प्रेम बीना कोहि पनि अछुतो रहन सक्दैन् । त्यसैले त तपाई दिनहुँ अपटेड हुने फेसबुक, टुईटर होस् या इन्स्ट्राग्राम जुनसुकै सामाजिक सञ्जालमा पनि कतै न कतै अनि कुनै न कुनै रुपबाट प्रेम व्यक्त भईरहेको पाउनुहुन्छ। हामी यहाँ अफेयरमा रहेका तर कोहि स्विकार गरेका अनि कोहि स्विकार नभइ अभिव्यक्त भएका सेलिब्रेटी प्रेमिल जोडीको प्रेम चर्चा गर्दैछौं ।
नेपाली कलाकारहरुको प्रेमको कुरा गर्दा पहिलो नम्बरमा पछिल्लो समयको हटकेक बनेको इस्यु छ, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको अफेयर चर्चा । यो जोडीको प्रेमलाई कसैले दिदीभाईको संज्ञा दिएका छन् त कसैले बेष्टु प्रेम भनेका छन् ।अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अफेयरले यतिबेला नेपाली सिने नगरी गर्माएको छ ।
सुरुवाती दिनमा आधिकारिक रुपमा प्रेममा भएको स्वीकार नगरेका यी दुईको प्रेम पछिल्लो समय छताछुल्ल छ । अहिले उनिहरु कुनै फिल्मको तथा म्युजिक भिडियोको छायाँकनमा रहँदा सँगसँगै हुन्छन् । उनीहरुको प्रेम यतिसम्म झांगिएको छ कि सामाजिक सञ्जालमा उनीहरुले खोलेका खाताहरु पनि एकअर्काका तस्बिरहरुले भरेका छन् भने मोबाइलको वालमा समेत फोटो अटाएको छ । दुवै जना निरन्तर एकअर्काका तस्बिरहरु सेयर गरिरहन्छन् , कहिले कता घुमघाम गरेको त कहिले कता पुगेको । पछिल्लो समय उनीहरु सामाजिक सञ्जालमा सबैभन्दा धेरै ट्रोल हुने सेलिब्रेटी जोडी पनि बनेका छन् ।
अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाः
सिनेमा ‘लज्जा’बाट डेब्यु गरेकी अभिनेत्री शिल्पा पोखरेलको नाम पहिलो सिनेमाबाटै निर्माता छविराज ओझासँग जोडिएको हो । यो सिनेमापछि यी दुई लिभ ईन रिलेसनसिपमा भएका खबरहरु पनि आएका थिए । त्यसबखत देखि नै शिल्पा र छवि एकअर्काको प्रेममा भएको र विवाह गर्ने हल्लाले पटक पटक सिने नगरीलाई तताईरहेको हुन्छ । गत वर्ष सिनेमा ‘किस्मत २’ रिलिज पछि छविले ज्योतिषिको सुझाव अनुसार शिल्पासँग अर्को वर्ष विवाह गर्ने कुरा गरेका थिए । शिल्पा र छविले निर्माण गरेको सिनेमा ‘मंगलम’ दशैँ तिहारको छेकोमा रिलिज हुँदैछ । सम्भवत त्यति बेला पनि उनीहरुको प्रेमले चर्चा पाउनेछ ।
अभिनेता भुवन केसी र एटिएम गर्ल जिया केसीः
अभिनेता भुवन केसी दुईवटी श्रीमतीको साथ छाडेर अहिले अभिनेत्री जिया केसीको साथमा रमाईरहेका छन् । यो जोडी पनि अहिले प्रेममा हुने सेलिब्रेटी जोडी हो । यी दुई लामो समय लिभ ईन रिलेसनसिपमा पनि थिए । सिनेमामा बोल्ड सिन दिएका कारण चर्चामा आएकी जियाको सिने करिअर अहिले शुन्य छ । तर भुवन भने छोराको करिअर बनाउन व्यस्त छन् ।
अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टी श्रेष्ठ र भर्स्टाइल अभिनेता सौगात मल्लः
अहिले चर्चामा रहेको सेलिब्रेटी जोडीमा सौगात र सृष्टी पनि पर्छन् । केही समय यता सौगात सृष्टी एकअर्कालाई डेट गरिरहेका छन् । केही महिना अघि सृष्टीले एस लभ एस लेखेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि उनीहरुको प्रेम रहेको कुरा सार्वजनिक भएको थियो । त्यसपछि फेरि एउटै कारमा उनीहरु सिनेमा हलमा पुगे र मिडियालाई गसीप बनाउने मौका दिए । उनीहरुले आधिकारिक रुपमा अफेयरको कुरा नगरे पनि घुमाउरो पारामा मिडियासँग प्रेममा रहेको भने स्विकारी सकेका छन् । सृष्टी र सौगात पछिल्लो समय प्रायः समय साथमा बिताउँछन् । केही दिन अघि मात्रै सृष्टीले आफ्नै घरमा सौगातलाई बोलाएर डिनर गरेको तस्विर सेयर गरेकी थिईन् ।
वर्षा राउत र संजोग कोइरालाः
अभिनेत्री वर्षा राउतले गत वर्ष प्रेमी सार्वजनिक गर्दै आफू पाँच वर्ष यता प्रेममा रहेको आधिकारिक घोषणा गरिन् । वर्षा अभिनेता संजोग कोईरालाको प्रेममा छिन् । पाँच वर्ष अघि एक सिनेमाको अडिसनमा भेट भएका यी दुई पनि अहिले प्रेममा रमाउने सेलिब्रेटी जोडीको सूचिमा छन् । खुलेआम प्रेम गर्ने सेलिब्रेटीको रुपमा पनि उनीहरुलाई लिईन्छ । केही समय अघि मिडियासँग कुराकानी गर्ने क्रममा वर्षाले प्रेमी सार्वजनिक गरेपछि धेरैले आफूलाई ध्यान दिएको भन्दै खुशी व्यक्त गरेकी थिईन् । सिनेमाको कामबाट समय पाउनसाथ संजोग र वर्षा पनि एकसाथ समय बिताउँछन् ।
मोडल पल शाह र आँचल शर्माः
पछिल्लो समय पल शाह र आँचल शर्माको प्रेम मात्रै हैन विवाहको हल्लाले पनि सिने नगरी गर्माएको छ । सिनेमा ‘नाई नभन्नु ल ४’ बाट एक साथ डेब्यु गरेका यी दुई पहिलो सिनेमामै काम गर्ने क्रममा एकअर्काको नजिक भएको बुझिन्छ । तर उनीहरुले अफेयरको कुरालाई घुमाउरो पारामा स्विकार गरे पनि सोझै स्विकार गरिसकेका भने छैनन् । यी दुई अभिनित सिनेमा ‘जोनी जेन्टलम्यान’ रिलिजको क्रममा छ ।
अभिनेत्री आश्मा डि सी र अभिनेता संयम पूरीकोः
अभिनेता संयम पूरी र अभिनेत्री आश्मा डि सी पनि एकअर्काको प्रेममा छन् । केही वर्ष अघि आधिकारिक रुपमै प्रेम सार्वजनिक गरेको यो जोडीको भेट टि भि फिल्मीको कार्यक्रमा ‘वान डे’को छायाकंनको क्रममा भएको थियो जसको प्रस्तोता थिईन् आश्मा । खुल्लम खुल्ला प्रेम गर्ने सेलिब्रेटीको सूचिमा संयम र आश्माको नाम पनि आउँछ ।
प्रेम सार्वजनिक गरेपछि संयमले आफूहरुले सहि समय आएपछि विवाह गर्ने पनि बताएका थिए । तर उनीहरुको प्रेमको चर्चा अहिले भने खासै सुन्न पाईएको छैन । संयम र आश्माले नाई नभन्नु ल ३, आभास लगायतका सिनेमामा काम गरेका छन् ।
सलोन बस्नेत र करिष्मा श्रेष्ठको खुलेआम प्रेमः
अभिनेता सलोन बस्नेत र करिष्मा श्रेष्ठ पनि एकअर्काको प्रेममा रमाईरहेका सेलिब्रेटी जोडी हुन् । सिनेमा ‘लभ सब्’को समयमा उनीहरुको प्रेमले चर्चा पाएको थियो । हुन त अहिले पनि यो जोडी एकअर्काको प्रेममा छ । तर साथमा सिनेमा नआएका कारण हुनसक्छ यि प्रेम जोडिको प्रेमको खासै चर्चा भएको पाईँदैन ।
यस्तै पछिल्लो पटक अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहको अफेयर डेजाभु क्लब सञ्चालक मयंक अग्रवालसँग रहेको भन्ने अफेयरले समेत सिने नगरी गर्माईरहेको छ ।
https://youtu.be/KuevpdkpBH4